पाकिस्तानले न्यूजिल्याण्ड भ्रमण गर्ने

पाकिस्तानले डिसेम्बरमा न्यूजिल्याण्डको भ्रमण गर्ने पक्का भएको छ । डिसेम्बर १८ बाट सुरु हुने सिरीज जनवरी सात तारिखमा सकिनेछ ।

जसमा पाकिस्तानले तीन टी २० र दुई टेष्ट खेल्ने भएका छन । सबै खेलहरु फरक फरक मैदानमा खेलिने भएको छ । पाकिस्तान टिमले न्यूजिल्याण्ड पुगेपछि दुई साताको अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएको छ । उनीहरु नोभम्बरको अन्तिम साता न्ूयूजिल्याण्ड पुग्ने भएका छन ।

न्यूजिल्याण्डमा कोरोनाको संक्रमण निकै न्यून रहेको छ । क्वारेन्टिनको समयमा खेलाडीले बायो बबलको नियमलाई पालना गुर्नपर्ने भएको छ ।

न्यूजिल्याण्ड केहि महिना अगाडी एक सय दिनसम्म कोरोनाको संक्रमण देखिएको थिएन । पाकिस्तानले इंग्ल्याण्ड भ्रमणका बेलापनि १४ दिने क्वारेन्टिन बसेको थियो । त्यो बेला उसले अनिवार्य जैकिक दुरी कायम राखेको थियो ।

यो सिरीजका बेला दर्शकलाई पनि अनुमती दिइने योजना न्यूजिल्याण्डले बनाएको छ । पाकिस्ताले पहिलो टी २० डिसेम्बर १८ मा अक्ल्याण्डमा खेल्नेछ भने दोस्रो टी २० डिसेम्बर २० मा ह्यामिल्टनमा खेल्नेछ । यस्तै तेस्रो खेल डिसेम्बर २२ मा नापीयरमा खेल्नेछ ।

दुई टेष्टको सिरीज डिसेम्बर २६ बाट सुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest