ब्रेस्टाे केन्द्रिय सम्झाैताबाट बाहिर

इंग्ल्याण्ड क्रिकेट टिमले आज २०२० र २१ का लागि पुरुष खेलाडीको केन्द्रिय सम्झौता गर्नेछ । जसमा विकेटकिपर ब्याट्सम्यान जोनी ब्रेस्टो सो सूचीबाट हटाइएको छ ।

३१ बर्षे ब्रेस्टोसहित अरु १० जनाले १२ महिना अगाडी टेष्टको सम्झौता पाएका थिए । तर त्यसपछि उनीहरुले मात्र एक खेल खेलेका कारण इंग्ल्याण्ड क्रिकेट बोर्डले ब्रेस्टोलाई केन्द्रिय सम्झौताबाट हटाएको छ ।

इंग्ल्याण्ड क्रिकेट बोर्डका डाइरेक्टर एस्ले गिल्सले नयाँ सम्झौतामा केहि खेलाडीलाई समावेश गरिएको बताए । जसमा डोमिनिक सिब्ले पहिलो पटक सम्झौतामा पर्ने भएका छन ।

इंग्ल्याण्डले खेलाडीको सम्झौता बाफत बर्षको ६ लाख ५० हजार पाउण्ड तलव पाउने गर्छन ।

नयाँ सम्झौतामा ओली पोप, ज्याक क्रोलीलाई राखिएको छ । यस्तै मार्क उडलाई पनि एकदिवसिय सम्झौतामा परेका छन ।

आर्थिक समस्याका कारण यो बर्ष इंग्ल्याण्ड क्रिकेट बोर्डले एक सय मिलियन पाउण्ड घाटा ब्यहोरेको थियो । जसका कारण खेलाडीको तलवमा पनि समस्या भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest