राजस्थान र काेलकाता भिड्दै

इन्डियन प्रिमियर लिगमा आज राजस्थान रोयल्स र कोलकत्ता नाइटराइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

राजस्थान र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ पाैने ८ बजे सुरु हुनेछ । राजस्थान लगातार तेस्रो जितको खोजीमा हुनेछ । अघिल्ला दुई खेलमा जित निकालेको राजस्थान ४ अंक सहित शीर्ष स्थानमा रहेको छ ।

स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान कोलकत्तालाई हराएर अपराजित यात्रा कायम राख्ने योजनामा समेत हुनेछ ।

राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले हराएको थियो ।

दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता भने दोस्रो जितको खोजीमा हुनेछ । कोलकत्ताले अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो ।

कोलकत्ता पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने कोलकत्ताले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो ।

कोलकत्ता २ खेलमा २ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest