श्रीलंकन प्रिमियर लिग क्रिकेट नाेभेम्बर २१ बाट

श्रीलंकामा हुने लंक प्रिमियर लिग क्रिकेट एक साता पर सरेको छ । यसअघि नोभम्बर १४ बाट सुरु हुने भनिएको प्रतियोगिता अब नोभेम्बर २१ बाट गर्ने योजना रहेको छ ।

यो प्रतियोगिता खेल्न आउने खेलाडीका लागि सरकारी नियम अनुसार क्वारेन्टिनको समय छुट्याउनुपर्ने भएकाले प्रतियोगिताको मिती एक साता सारिएको बताइएको छ ।

मिती सरेपछि हाल आइपीएल खेलिरहेका खेलाडीलाई पनि यो प्रतियोगितामा सहभागिता जनाउने मौका मिलेको छ । प्रतियोगिताको खेलाडी ड्राफ्ट अक्टोबर नौ मा हुने भएको छ । यसअघि खेलाडीको ड्राफ्ट अक्टोबर एक तारिखमा हुने भनिएको थियो ।

आइपीएल नोभेम्बर १० तारिखसम्म हुने भएकाले त्यहाँबाट लंक प्रिमियर लिग खेल्न आउने इच्छुक खेलाडीका लागि समय लम्ब्याएको बताइएको छ ।

सुरुवातमा अगष्टको २८ देखि सेप्टेम्बर २० सम्म गर्ने तालिका थियो । तर कोरोनाका कारण सो प्रतियोगिता स्थगित भएको थियो । अब फेरी एक साता सर्ने बताइएको हो ।

लंक प्रिमियर लिग श्रीलंकाका तीन वटा मैदानमा हुनेछ । दम्बुला, पालेकेल र महिन्दा राजापाक्षे क्रिकेट मैदानमा लिग हुनेछ । जसका लागि पाँच वटा टिम तयार रहेका छन । जसमा कोलम्बो, कान्डी, गाले, दम्बुला र जाफ्नाको नामबाट टिम राखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest