काेलकाताकाे दाेस्राे जित

इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्स ३७ रनले हरायो ।

दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७४ रन बनायो ।

मध्यम सुरुवात गरेको कोलकाताले ३६ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ८२ रनमा दोस्रो विकेट गुमाएको कोलकाताले ८९ रनमा तेस्रो विकेट खेर फालेको थियो ।

उसको मध्यक्रमका खेलाडीविच राम्रो साझेदारी हुन सकेन । कोलकाताले एक सय ४९ रन हुँदा ५ विकेट गुमाएको थियो ।

कोलकाताका लागि सुंभम गिलले ४७ रन बनाए भने सुनिल नरायनले १५ रनको योगदान गरे । यसका साथै नितिश रानाले २२ रन बनाए भने एन्ड्रे रसेलले २४ रन जोडे ।

तर अन्तिममा इयोन मोर्गेनले ३४ रन जोड्दा कोलकाताले बलियो लक्ष्य दियो ।

जवाफमा राजस्थान २० ओभरमा ९ विकेट गुमाउँदा १३७ रनमा राेकियाे । लगातार तेस्रो जितको योजनामा रहेको राजस्थानले निकै खराव ब्याटिङ गर्यो । १५ रनमा पहिलो विकेट गुमाएको उसले ४१ रन बनाउँदा चार विकेट खेर फालेको थियो ।

अघिल्ला दुई खेलमा उत्कृष्ट ब्याटिङ गरेको राजस्थानको कोलकाता विरुद्ध भने निकै खराव ब्याटिङ रह्यो । उसले ८८ रन बनाउँदा ८ विकेट गुमाएको थियो ।

उसका मुख्य खेलाडी एकपछि अर्को गरि पेभेलियन फर्किए । राजस्थानका जोस बट्लर २१ रनमा आउट भए भने राहुल टवाटिया १४ र टोम कुरानले अन्तिममा अर्धशतक बनाएपनि काम लागेन । उनले ५४ रन बनाए ।  उसका अरु खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

काेलकाताका शिभम माभि, कमलेश नगरकाेटी र बरुन चक्रवर्तीले २-२ विकेट लिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest