चेन्नई सुपर किंग्स र सनराईजर्स हैदरवादाबीच प्रतिस्पर्धा हुँदै

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज चेन्नई सुपर किंग्स र सनराईजर्स हैदरवादाबीच प्रतिस्पर्धा हुँदै छ ।

यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरुहुने छ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई र डेभिड वार्नरको कप्तानीमा रहेको हैदरवादाबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

चेन्नई हैदरावादविरुद्ध जित दर्ता गर्दै हारको श्रृंखलामा पूर्णविराम लगाउने लक्ष्यमा हुने छ । चेन्नईले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डिन्यसविरुद्ध जीत दर्ता गर्दै प्रतियोगिता शुरुवात गरेको थियो ।

त्यसपछिका २ खेलमा चेन्नई पराजित भएको छ । उता वार्नरको टिमले भने २ खेलमा हार भोगेपछि पहिलो जितको स्वाद चाखिसकेको छ । हैदरवादमा केन विलिम्सन आएपछि टिम बलियो भएको महशुस भएको छ । यस्तोमा हैदरावाद पनि दोस्रो जीतको खोजिमा हुने छ । दुवै टिम आज दोस्रो जीतको खोजिमा हुने छन् ।

चेन्नई र हैदरवाद शुरुदेखि नै सन्तुलित टिम मानिए पनि मध्यक्रम नचल्दा हारको सामना गरेका छन् । अम्बातु रायडू र ड्वेन ब्राभो फिट भएकाले चेन्नईल आज अलि सहज हुने अनुमान गरिएको छ । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका रायडू अस्वस्थ भएपछि २ खेल गुमाएका थिए । ब्राभो पनि सीपीएल खेल्दा घाइते भएकोमा अब फिट भएको जनाइएको छ । ब्राभो आज पहिलो पटक खेल्ने सम्भावना पनि छ ।

यस्तामो रायडू फिट भएपछि खराब फर्मबाट गुज्रिएका मुरली विजय टिमबाट बाहिर हुन सक्ने जनाइएको छ । ब्राभोको सवालमा भने चेन्नइले प्लेयिङ सेटमा ठूलो बदलाव देख्न पाइने छ ।

केदार जाधवको खराब फर्म धोनीका लागि चिन्ताको विषय हो । उनको बिकल्प धोनीसँग अहिले नभएको बताइन्छ । ब्राभोको ठाउँमा खेलिरहेका साम करनले बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन गरेका छन् । यदि आज बाभ्रोलाई खेलाउने हो भने धोनीले शेन वाट्सन वा जोश हेजलवुलाई बाहिर राख्नु पर्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest