धनगढी प्रिमियर लिग स्थगित

कोरोना संक्रमण बढ्दै जादा धनगढी क्रिकेट एकेडेमीको आयोजनामा हुने ‘धनगढी प्रिमियर लिग’ स्थगित भएको छ |

चौथो संस्करणको डिपिएल यही अक्टोबर २४ देखि नोभेम्बर ७ सम्म आयोजना गर्ने घोषणा गरिएको थियो |

पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौं गरी ६ टोलीले डीपीएलमा सहभागिता जनाउँदै आएका छन ।

अघिल्लो वर्ष डीपीएलको तेस्रो संस्करण धनगढीको फाप्ला क्रिकेट मैदानमा सम्पन्न भइसकेको छ ।

डिपिएलले हरेक संस्करणको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी १ पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान गरेका १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैयाँप्रदान गर्दै आएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest