सिप्यानकाे ललितलाई ६ लाख २८ हजार हस्तान्तरण

सडक दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारीलाई क्रिकेट खेलाडी संघ नेपालले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा परेका ललितको उपचारका लागि सिप्यानले ६ लाख २८ हजार रुपैयाँ संकलित रकम हस्तान्तरण गरेको हो ।

सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले ललितकी श्रीमतीलाई चेक हस्तान्तरण गरेका हुन । सो बेला सिप्यानका महासचिव पारस खड्का र कोषाध्यक्ष पृथु बास्कोटपनि उपस्थित थिए ।

ललित दुर्घटनामा परपछि सिप्यानले उनको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेको थियो । जसमा विभिन्न खेलाडीले आफ्नो तर्फबाट ब्यक्तिगत सहयोग गरेका थिए । यसका साथै ललितको सहयोगका लागि विभिन्न संस्था र ब्यक्तिले पनि सहयोग गरेका थिए ।

सडक दुर्घंटनामा परेका ललितको सफल सल्यक्रिया भएको र भने अहिले उनी निको हुने क्रममा रहेका छन । उनको दायाँ खुट्टा र हात भाच्चिएको थियो ।

कञ्चनपुरमा दुर्घटना परेका ललितलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याएर ग्राण्डी अस्पतालमा सल्यक्रिया गरिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest