मुम्बईद्वारा राजस्थानसामू १९४ रनकाे लक्ष्य पेश

इन्डियन प्रिमियर लिग क्रिकेट अाइपीएल अन्तर्गत अहिले जारी खेलमा मुम्बर्इ इन्डियन्सले राजस्थान राेयल्सलार्इ १ सय ९४ रनकाे विजय लक्ष्य पेश गरेकाे छ ।

शेख जायद अन्तर्राष्ट्रिय रंगशाला अाबुधाबीमा टस जितेर ब्याटिङ गरेको मुम्बर्इले निर्धारित अाेभरमा ४ विकेट गुमाउँदै १ सय ९३ रनकाे याेगफल खडा गरेकाे हाे ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ७९ रनकाे पारी खेले । उनले ४७ बलमा ११ चाैका र २ छक्का प्रहार गरे । याे उनकाे अाइपीएल करिअरकै उत्कृष्ट प्रदर्शन हाे ।

सूर्यकुमारले पाँचाैं विकेटका लागि हार्दिक पन्ड्यासँग मिलेर ७६ रनकाे अविजित साझेदारी गरेपछि मुम्बइले सम्मानित स्काेर बनाउन सक्याे । हार्दिकले १८ बलमा अविजित २९ रन बनाए ।

अाेपनर क्वीन्टन डीकक र कप्तान राेहित शर्माले ५५ रनकाे साझेदारी गर्दै राम्राे सुरुअात दिलाएका थिए । डेब्यू बलर अंकित त्यागीकाे बलमा क्याचअाउट हुनुअघि १५ बलमा २३ रन बनाए ।

दशाैं अाेभरकाे सुरुअाती २ बलमा श्रीयस गोपालले रोहित र ईशान किसानलाई आउट गरे । रोहितले ३५ रनकाे याेगदान गरे । त्यसपछि अाएका क्रुनाल पन्ड्याले १२ रन बनाएर अाउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest