अमेरीकी खेलाडी अलीले आईपीएल खेल्न नपाउने

पहिलाे पटक इन्डियन प्रिमियर लिग खेल्ने सपना बाेकेका अली खानकाे सपना अधुराे बनेकाे छ । आईपीएल खेल्ने ठुलाे सपना रहेकाे अली चेन्नेइ विरूद्धकाे खेलका लागि तयारीका क्रममा घाइते भएका हुन ।

क्यारेवियन प्रिमियर लिगमा उत्कृष्ट खेलेपछि आईपीएलका लागि छनाेट भएकाे उनले याे सिजन नखेल्ने बुधबार उनको टोली कोलकत्ता नाइट राइडर्सले बताएकाे छ ।

कोलकाताका अर्का खेलाडी ह्यारी गुर्नी पनि चोटका कारण आईपीएल खेल्न नसक्ने भएपछि अली खानलाई झिकाईएको थियो । तर उनीपनि चाेटले थलिएका छन ।

आईपीएलको आधिकारीक विज्ञप्तिमा अली खान दुर्भाग्यवस घाइते भएका कारण आईपीएको जारी सिजनबाट बाहिरीएकाे बताएकाे छ ।

अली आईपीएलमा सहभागिता जनाउने एसोसिएट राष्ट्रका दोस्रो क्रिकेटर थिए । नेपाली लेग स्पिनर सन्दीप लामिछानेपछि आईपीएल खेल्ने एसोसिएट राष्ट्रका अर्को खेलाडी उनी हुन्, तर अलिले प्लेइङ ११ मा भने स्थान बनाउन सकेका थिएनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest