मेलबर्न क्रिकेट मैदानमा जाेन्सकाे अन्तिम श्रद्धाञ्जली

असामहिक रुपमा भारतको मुम्बईमा ज्यान गुमाएका अष्ट्रेलियन पूर्व क्रिकेटर डीन जोन्सको मेलबर्न क्रिकेट मैदानमा श्रद्धाञ्जलीपछि अन्तिम संस्कार गरिएको छ ।

एमसीजी क्रिकेट मैदानमा कुनैपनि समर्थकलाई प्रवेश नगराई आफन्त र केहि उच्च ओहदाका ब्यक्तिले उनलाई श्रद्धाञ्जली लिएका थिए ।

कोरोना भाइरसका उच्च जोखिम भइरहेको क्षेत्रमा पर्ने मेलबर्नमा १० जना भन्दा बढि एकसाथ जम्मा हुन नपाउने नियम बनाइएको छ । जसका कारण जोन्सको लासलाई खाली रंगशालामा राखिएको थियो ।

जोन्सले करियरमा खेलको ५२ टेष्टमा ६ वटा मेलबर्न क्रिकेट मैदानमा खेलेका थिए । उनी आफ्नो पितासँग सन् १९८० मा मेलर्बन क्रिकेट मैदानमा बार्ने क्लवबाट खेल्न आएका थिए ।

उनलाई पब्लिक रुपमा श्रद्धाञ्जली भने धेरै मानिसको जमघट गर्न अनुमती दिएपछि गर्ने बताइएको छ । खेलाडी जीवनपछि कमेन्टेटर बनेका उनी जारी इन्डियन प्रिमियर लिगका लागि मुम्बईमा रहेका थिए ।

अघिल्लो दिन कमेन्ट्री गरेर सुतेका उनी दोस्रो दिन ह्ृदयघातबाट संसार छोड्न बाध्य भएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest