काेलाकाताद्वारा चेन्नेईलाई १६८ रनकाे लक्ष्य

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकता नाइट राईडर्सले चेन्नाई सुपर किंग्सलाई १६८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको कोलकताले निर्धारित ओभरमा सवै विकेट गुमाएर १६७ रन बनायो ।

पहिलो विकेटका लागि सुभमन गिल र राहुल त्रिपाठीले ३७ रनको साझेदारी गरेका थिए । गिल व्यक्तिगत ११ रन बनाएर आउट भए । उनलाई सार्दुल ठाकुरले आउट गरेका थिए ।

त्यसपछि नितिश राना र त्रिपाठीले कोलकताको पारि अघि बढाए । राना व्यक्तिगत ९ रन जोडेर आउट हुँदा कोलकताको स्कोर २ विकेट गुमाएर ७० रन रहेको थियो । तेस्रो विकेटको रुपमा आक्रामक पारि अघि बढाउन खोजेका सुनिल नराईन पनि व्यक्तिगत १७ रनमा पभेलियन फर्किए । ९ बल खेलेका नराइनले एक छक्का र एक चौका प्रहार गरे ।

त्रिपाठीसँग मिलेर इयोन मोर्गनले कोलकताको स्कोर १०० रन कटाएका थिए । ११४ रन पुग्दा मोर्गन ७ रन बनाएर आउट भए । आन्द्रे रसेल पनि व्यक्तिगत २ रनमा आउट भएका थिए ।

ओपनिङ आएका राहुल त्रिपाठीले भने उत्कृष्ट प्रदर्शन गरे । उनी ८१ रन बनाएर छैटौं विकेटको रुपमा आउट भए । ५१ बल फेस गरेका त्रिपाठीले तीन छक्का र ८ चौका प्रहार गरे । उनलाई ब्राभोले वाट्सनबाट क्याच आउट गराएका थिए ।

सातौं विकेटको रुपमा कप्तान दिनेश कार्तिक १२ रन बनाएर पभेलियन फर्किए । पेट कमिन्स १७ रनमा नट आउट रहे ।

चेन्नाईका लागि डुवान ब्राभोले तीन विकेट लिँदा साम करन, सार्दुल ठाकुर र कर्ण शर्माले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest