दिल्लीले राजस्थानलाई एक सय ८५ रनको लक्ष्य

इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्र्सले राजस्थान रोयल्र्सलाई एक सय ८४ रनको लक्ष्य दिएको छ ।

सारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको दिल्लीले १२ रनमा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर शिखर धवन मात्र ५ रनमा आउट भए ।

त्यसपछि अर्का ओपनर पृथ्वी शा १९ रनमा आउट भएपछि दिल्लीले ४२ रनमा दोस्रो विकेट खेर फाल्यो । यस्तै कप्तान श्रेयस ऐयरपनि २२ रनमा आउट हुँदा दिल्लीको स्कोर ५० रन थियो ।

त्यसपछि ७९ रन हुँदा दिल्लीले चौथो विकेट गुमायो । रिसव पन्त मात्र पाँच रनमा पेभेलियन फर्किए । दिल्लीका लागि मार्कुस स्टोनीसले ३९ रन बनाए भने सिमरोन हिटमेयरले ४५ रनको योगदान गरे ।

दिल्लीको स्कोर एक सय नौ रन हुँदा पाँचौ विकेट गएको थियो भने एक सय ४९ रनमा छैटौ र एक सय ८१ रनमा सातौ विकेट झरेको थियो ।
उसका लागि अक्सर पटेलले १७ रन बनाए भने हर्षल पटेलले १६ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest