आईपीएलमा आज २ खेल हुने

युएईमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज आइतबार पनि २ खेलहरु हुँदैछन् । आज दिउँसो पौने चार बजेदेखि सुरु हुने पहिलो खेलमा दुई अस्ट्रेलियाली स्टार खेलाडीले नेतृत्व गरेका राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्नेछन् ।

साँझा पौने ८ बजेदेखि सुरु हुने दोस्रो खेल बुहुपतीक्षित हुनेछ । दिल्ली क्यापिटल्स र मुम्मई इन्डियन्स यस सिजन अंकतालिकाको शीर्ष २ स्थानमा छन् र दुवै टोली उच्च लयमा देखिन्छन् ।

पहिलोपल्ट आईपीएलको उपाधि जित्ने बाटोले दिल्लीले ६ मध्ये पाँच खेलमा जित हासिल गरी शीर्ष स्थानमा आफूलाई उभ्याएको छ । समान खेलबाट ४ जित निकालेको मुम्बई समान ८ अंक भए पनि अन्य २ क्लबभन्दा नेट रनरेटमा अगाडि रहँदै दोस्रो स्थानमा छ । मुम्बई कीर्तिमानी पाँचौंपल्ट उपाधि जित्ने लक्ष्यमा रहनेछ ।

पृथ्वी श, कप्तान श्रीयास आयर र ऋषभ पन्त दिल्लीको ब्याटिङका भरपर्दा खेलाडी हुन् । पछिल्लो खेलमा सिमरन हेटमायरको प्रदर्शन पनि सुखद सन्देश हुनसक्छ ।

कागिसो रावाडा र एरिन्च नोर्जेले दिल्लीको तीव्र बलिङमा शानदार प्रदर्शन गरिरहेका छन् । रविचन्द्रन आश्विन र अक्सर पटेलले स्पिनको जिम्मेबारी लिनेछन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली टिममा भए पनि यो सिजन अहिलेसम्म अवसर पाएका छैनन् ।

मुम्बईका लागि कप्तान रोहित शर्माको लय नै विपक्षीका लागि टाउको दुखाई बन्नेछ । त्यसबाहेक क्वन्टिन डी कक, हार्दिक पन्ड्या र किरोन पोलार्डको प्रदर्शनले पनि धेरे निर्भर गर्नेछ । तीव्र बलिङमा ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले अहिलेसम्म दानदार प्रदर्शन गर्दै आएका छन् । युवा स्पिनर राहुन चहर पनि प्रभावशाली देखिएका छन् ।

सन्तुलित टिम भएर पनि अपेक्षाकृत प्रदर्शन गर्न नसकेको राजस्थानका लागि यस खेलबाट इंग्लिस अलराउन्डर बेन स्टोक्स आउनेछन् । यो उनीहरुका लागि खुसीको कुरा हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest