राजस्थान रोयल्सको तेस्रो जित

इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानको जारी सिजनमा तेस्रो जित हो ।

१५९ रनको लक्ष्य पछ्याएको राजस्थान १ बल बाँकी छदैं पाँच विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भयो ।

राजस्थानको जितमा नायक भने राहुल तेवटिया रहे । १५९ रनको लक्ष्य पछ्याएको राजस्थानले ७८ रन बनाउँदा ५ विकेट गुमाएर दवाबमा परेको थियो । तर राहुल तेवटिया र रियान परागले ८५ रनको अविजित साझेदारी गर्दै राजस्थानलाई जित दिलाए । तेबटियाले २८ बलमा ४५ रन जोड्दै नटआउट रहँदा पराग पनि २६ बलमा ४२ रन जोडर नट आउट रहे । अन्तिम २ बलमा जितका लागि २ रन आवश्यक परेका बेला परागले छक्का प्रहार गरेपछि राजस्थनले एक बल बाँकी छदै जित हात पार्न सफल भयो ।

राजस्थानको शुरुवात भने राम्रो रहने । पहिलो विकेटका रुपमा ७ रन हुँदा वेन स्टोक्सलाई गुमाएको थियो । स्टोक्स ५ रन बनाएर आउट भए । यसैगरी २५ रन हुँदा कप्तान स्टेभन स्मिथ पनि व्यक्तिगत ५ रनमा रन आउट हुन पुगेका थिए । व्यक्तिगत १६ रन बनाएर जोस बटलर पनि आउट भएपछि २६ रन हुँदा राजस्थानले तेस्रो विकेट खेर फालेको थियो ।

रविन उथप्पा पनि व्यक्तिगत १८ तथा सन्जु सामसन पनि २६ रन बनाएर आउट भएपछि राजस्थान एक समय दबावमा आएको थियो । तर, तेबटिया र परागले राजस्थानको उद्धार गरे । हैदरावादका खलिल अहमद र रासिद खानले दुई दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ५८ रन बनाएको थियो । त्यति राम्रो सुरुवात गर्न नसकेको हैदारावादले २३ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि दोस्रो विकेटका लागि मनिश पाण्डे र डेविड वार्नरले अर्धशतकिय साझेदारी गरे ।

जोनी ब्रस्टोले १६ रन बनाउँदा डेविड वार्नरले ४८ रनको योगदान गरे । यस्तै मनिश पाण्डेले ५४ रन बनाए ।
हैदारावादको स्कोर एक सय २२ रन हुँदा मनिश पाण्डे आउट भएका थिए । त्यसपछि केन विलियम्सनले २२ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest