बैंग्लोरले कोलकतालाई १९५ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीलमा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकतालाई १९५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा २ विकेट गुमाएर १९४ रन बनायो ।

बैंग्लोरले सुरुवात भने राम्रो गरेको थियो । पहिलो विकेटका लागि आरोन फिन्च र देबदत्त पडिक्कलले ६७ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पडिक्कल ३२ रन बनाएर आउट भए । २३ बल फेस गरेका उनले चार चौका र एक छक्का प्रहार गरे ।

त्यसपछि फिन्च र कप्तान विराट कोहलीले पारि अघि बढाएका थिए । फिन्च व्यक्तिगत ४७ रन बनाएर आउट हुँदा बैंग्लोरको स्कोर ९४–२ रन बनाएको थियो । कप्तान कोहली र एबीडिभिलियर्सले १०० रनको अभिजित साझेदारी गर्दै कोलकतालाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भए ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका डेभिलियर्सले अर्धशतकीय पारि खेले उनले ३३ बल फेस गरेर ७३ रन बनाए । जसमा उनले ६ छक्का तथा पाँच चौका प्रहार गरे ।

कोहलीले २९ बलमा ३३ रन बनाउँदा एक चौका प्रहार गरे । कोलकताका आन्द्रे रसेल र प्रसिद्ध कृष्णले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest