यू १९ एशिया कप स्थगित

नोभेम्बरमा हुने भनिएको यू १९ एशिया कप स्थगित भएको छ । एशियन क्रिकेट काउन्सिलले मंगलबार सबै बोर्ड सदस्यलाई रायमाग्दा अर्को बर्ष सार्ने सुझाव दिएपनि एशिया कप २०२१ मा सारिएको हो ।

एसीसीले अर्को बर्षमा उचित समय हेरेर प्रतियोगिता आयोजना गर्ने बताएको छ । यहि प्रतियोगिताका लागि बंगलादेश बोर्डले नयाँ यू १९ टिम बनाएको थियो । अब एशिया कप स्थगित भएपनि त्यो ठिमले राम्रो तयारीको मौका पाएको छ ।

यो प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आयोजना यूएईसँग दुई टिम छनोट चरणबाट आउनेछन ।

यसअघि पुरुष टिमको एशिया कपपनि स्थगित गरिएको थियो । कोरोना भाइरसका कारण पाकिस्तानमा हुने भनिएको एशियाकप अन्तिम समयमा सारिएको हो । त्यो प्रतियोगिता सेप्टेम्बरमा हुने भनिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest