आइसीसीकाे अध्यक्षका लागि अक्टाेबर १८ सम्म नाम दर्ता गर्नुपर्ने

तत्कालिन अध्यक्ष शसांक मनोहरले पदबाट राजिनामा दिएको करिव चार महिनापछि आइसीसीले नयाँ अध्यक्षका लागि प्रक्रिया अगाडी बढाएको छ । जसमा आइसीसीले नयाँ अध्यक्षका लागि अक्टोबर १८ सम्म नाम दर्ताको मिती तोकेको छ ।

आइसीसीले लामो समयपछि रिक्त रहेको आइसीसीको अध्यक्ष पदलाई पुर्ति गर्ने प्रक्रिया सुरु गरेसँगै २०२० को अन्तिममा नयाँ अध्यक्ष चयन हुनेछ । अब हुने अध्यक्षका लागि कम्तिमा एक बर्ष आइसीसीको बोर्डमा बसेको हुनुपर्ने सर्त राखिएको छ ।

आइसीसीले अहिले नै नयाँ अध्यक्षको चयन कसरी हुन्छ भनेर भनेको छैन । तर यसअघिको अध्यक्ष चयनको प्रक्रिया भन्दा फरक तरिकाले नयाँ नेतृत्व चयन हुने बताइएको छ ।

जुलाई दुई तारिखमा आइसीसी बोर्ड बैठकले एक सातामा नयाँ अध्यक्षको प्रक्रिया पुरा गर्ने बताएको थियो । तर त्यसपछि विभिन्न चरणको बैठक हुँदा बोर्डका सदस्यहरु विभाजित भएका थिए । जसका कारण नयाँ अध्यक्षको प्रक्रिया अगाडी बढाउन समय लागेको थियो ।

मनोहरले राजिनामा दिएपछि पनि फेरी आउने चाहना राखेका थिए । तर आइसीसीको बोर्ड बैठकले इमरान ख्वाजालाई कार्यकारीको जिम्मा दिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest