मिस्वाले छनाेट समितीबाट राजिनामा

पाकिस्तान क्रिकेटका पूर्व कप्तान मिस्बाह उल हक अब एक जिम्मेवारीमा मात्र सिमित भएका छन । उनले  पाकिस्तानी क्रिकेट टिमकाे छनोटकर्ताकाे प्रमुखबाट राजीनामा दिएका छन् ।

यसअघ मिस्बाह टिम छनाेटकाे प्रमुख र मुख्य प्रशिक्षकपनि थिए । तर उनले छनाेटकर्ताबाट राजिनामा दिएका छन । ४६ वर्षीय मिस्बाहलाई बोर्डले गत वर्षको सेप्टेम्बरमा दाेहाेराे जिम्मेवारी दिएकाे थियाे ।

यस्तै पीसीबीद्वारा नियुक्त स्वतन्त्र न्यायीक छानबिन समितिले पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान सलीम मलिकले प्रशिक्षक बन्न पाउ भनि दाएर गरेको निबेदनको सुनुवाई गरेको छ । उनको निबेदनको सुनुवाई पुरा भए पनि फैसला भने १५ दिनपछि सुनाउने बोर्डले जनाएको छ ।

सुनुवाईपछि मलिकले प्रशिक्षकको भुमिका निर्वाह गर्न पाउनेछन् । सन् २००० मा म्याच फिक्सिङमा सम्लग्न भएको भन्दै उनलाई पीसीबीले आजीवन प्रतिबन्ध लगाएको थियो ।

हालै उनीमाथिको कसुर पाकिस्तानको तल्लो अदालतले खारेज गरेपछि उनले प्रशिक्षक बन्न पाउँ भन्दै पीसीबीमा निबेदन दिएका थिए । बोर्डले अहिलेसम्म मलिकलाई क्रिकेट गतिविधीमा सम्लग्न हुन दिएको छैन, तर मुद्दाको सुनुवाईपछि भने उनी फेरी सक्रिय हुने बलियाे सम्भावना रहेकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest