दिल्ली टस जितेर ब्याटिङमा

इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

आजको खेलमा पनि दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । दिल्लीका कप्तान श्रीयस अय्यरले टस जितेर ब्याटिङ रोजेका हुन् ।

पहिलो खेलमा दिल्लीले राजस्थानलाई ४६ रनले पराजित गरेको थियो । आज पनि सोही नतिजा निकाल्ने दाउँमा दिल्ली रहँदा पराजयको बदला लिने लक्ष्यका साथ राजस्थान मैदान उत्रने छ ।

आजको खेलमा पनि नेपालका लेग स्पिनर सन्दीप लामिछाने बेन्चमै रहेका छन् । दिल्लीले आज हर्सल पटेललाई रिप्लेस गर्दै तुसार देशपाण्डेलाई प्लेयिङ सेटमा राखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest