कोलकाताले मुम्बई इन्डियन्सलाई एक सय ४९ रनको लक्ष्य

इन्डिन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइटराइडर्सले मुम्बई इन्डियन्सलाई एक सय ४९ रनको लक्ष्य दिएको छ ।

आबुधावी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४८ रन बनायो ।

खराव सुरुवात गरेको कोलकाताले १८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३३ रनमा दोस्रो विकेट खेर फालेको उसले ४२ रनमा तेस्रो विकेट गुमायो । उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न सकेनन् । ६१ रन बनाउँदा पाँच विकेट खेर फालेको कोलकाताका लागि अन्तिममा प्याट कुमिन्स र इयोन मोर्गनले सम्हालेका थिए । छैटौं विकेटका लागि उनीहरुले ८७ रनको साझेदारी गरे ।

जसकम मोर्गनले ३९ रन बनाए भने कुमिन्सले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ५३ रन बनाए । जसमा पाँच चौका र दुई छक्का प्रहार गरे ।

यसका साथै कोलकाताका लागि सुभंम गिलले २१ रन बनाए भने राहुल त्रिपाठीले सात, नितेश रानाले ५, दिनेश कार्तिक चार रनमा आउट भए । यस्तै आन्द्रे रसेलले १२ रनको योगदान गरे । बलिङमा राहुल चाहरले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest