राजस्थान रोयल्सले रोयल च्यालेञ्जर्स बैंग्लोरलाई एक सय ७८ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग आइपीएलमा राजस्थान रोयल्सले रोयल च्यालेञ्जर्स बैंग्लोरलाई एक सय ७८ रनको लक्ष्य दिएको छ ।

दुबई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको राजथानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७७ रन बनायो ।

बलियो सुरुवात गरेको राजस्थानले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको थियो । उसका ओपनर बेन स्टोक ब्यक्तिगत १५ रनमा आउट भयो । यस्तै रविन उथप्पाले ४१ रनको योगदान गरे भने सञ्जु सामसानले मात्र नौ रन जोडे ।

६९ रनमा तीन विकेट गुमाएको राजस्थानका लागि स्टिभ स्मिथ र जोस बट्लरले ५८ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । जसमा बटलरले २४ रन बनाए ।

यस्तै कप्तान स्मिथले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५७ रन बनाए ।

यस्तै राहुल टिवाटीयाले पनि १९ रनको योगदान गरे । बलिङमा क्रिस मोरिसले चार तथा युज्भेन्द्र चाहलले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest