सनिलले पाए बलिङ एक्सनमा सफाई

आइपीएल टिम कोलकत्ता नाइट राइडर्सका स्पिनर सुनिल नरायनले बलिङ एक्सनमा सफाई पाएका छन ।

आइपीएलका बेला उनकाे बलिङ संकास्पद रहेकाे भन्दै अनुसन्धान गरिएकाे थियाे । जसमा बलिङ एक्सन कमिटीले आइतबार विज्ञप्ती जारी गर्दै उनकाे बलिङ एक्सन संकास्पद नरहेको भन्दै सफाई दिएकाे छ ।

कमिटीले उनलाई शंकास्पद एक्सनको बलरको सुचीबाट हटाएको छ । साथै उनले अर्काे खेलमा बलिङ गर्न पाउने भएका छन ।

अक्टोवर १० तारिखमा पञ्जाबविरुद्धको खेलमा नरायनकाे बलिङ एक्सन खराव रहेकाे भन्दै कारवाहीको लागि रिपोर्ट गरेकाे थियाे । सो खेल नाइट राइडर्सले दुई रनले जित्दा उनले डेथ ओभरमा सानदार बलिङ गरेका थिए ।

साे खेलमा उनकाे बलिङमा रिपाेर्ट परेपछि अर्काे खेलमा उनी टिममा परेका थिएनन् । बलिङ एक्सन कमिटीले उनलाई सफाइ दिएपछि हैदरावादविरुद्धको आजको खेलमा उनले खेल्ने अनुमान गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest