काेलकाताले दियाे १६४ रनकाे लक्ष्य

इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइट राइडर्सले सनराईजर्स हैदरावादलाई एक सय ६४ रनको लक्ष्य दिएको छ ।

आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६३ रन बनायो ।

बलियो सुरुवात गरेको कोलकाताले ४८ रनमा पहिलो विकेट गुमाएको थियो भने ८७ रनमा दोस्रो र एक सय पाँच रन हुँदा चौथो विकेट खेर फालेको थियो ।

उसका लागि राहुल त्रिपाठीले २३ रन बनाए भने शुंभम गिलले ३६ रन जोडे । यस्तै नितिश रानाले २९ रन बनाउँदा आन्द्रे रसेल मात्र नौ रनमा पेभेलियन फर्किए ।

अन्तिममा कप्तान इयोन मोर्गन र दिनेश कार्तिकले अर्धशतकीय साझेदारी गरे । जसमा मोर्गनले ३४ रन बनाए भने कार्तिकले अविजीत २९ रनको योगदान गरे ।

बलिङमा नटराजनले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest