हैदरावाद सुपर ओभरमा पराजित

इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ । यो जितसँगै कोलकाताले प्लेअफको संभावना बलियो बनाएको छ ।

आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६३ रन बनायो ।

बलियो सुरुवात गरेको कोलकाताले ४८ रनमा पहिलो विकेट गुमाएको थियो भने ८७ रनमा दोस्रो र एक सय पाँच रन हुँदा चौथो विकेट खेर फालेको थियो ।

उसका लागि राहुल त्रिपाठीले २३ रन बनाए भने शुंभम गिलले ३६ रन जोडे । यस्तै नितिश रानाले २९ रन बनाउँदा आन्द्रे रसेल मात्र नौ रनमा पेभेलियन फर्किए ।

अन्तिममा कप्तान इयोन मोर्गन र दिनेश कार्तिकले अर्धशतकीय साझेदारी गरे । जसमा मोर्गनले ३४ रन बनाए भने कार्तिकले अविजीत २९ रनको योगदान गरे । बलिङमा नटराजनले दुई विकेट लिए ।

जवाफमा हैदारावादले २० ओभरमा ६ विकेट गुमाउँदै समान रन बनाएपछि खेल टाई भएको थियो ।

बलियो सुरुवात गरेको हैदरावादले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो । तर उसका मिडिलअडरका खेलाडीमा राम्रो साझेदारी हुन नसक्दा पराजित हुनपुग्यो ।

हैदरावादका लागि जोनी ब्रेस्टोले ३६ रन बनाए भने केन विलियम्सनले २९ रनको योगदान गरे । तर प्रियम गार्ग चार, मनिश पाण्डे ६, विजय शंकर ७ रनमा आउट भए । जसका कारण हैदरावादले एक सय नौ रन बनाउँदा पाँच विकेट गुमायो ।

हैदरावादका लागि कप्तान डेविड वार्नरले रन बनाए भने अब्दुल समदले २३ रनको योगदान गरे । बलिङमा लोकी फर्गुसनले तीन विकेट लिए ।

सुपर ओभरमा लोकी फर्गुसनको उत्कृष्ट बलिङका कारण कोलकाताले मात्र तीन रनको लक्ष्य पाएको थियो । जसलाई कोलकाताले तीन बलमा सहजै पुरा गर्यो ।

यो जितपछि कोलकाताले नौ खेलमा १० अंक बनाएको छ भने हैदरावादको ६ अंक छ । जारी प्रतियोगितामा हैदरावादको छैटौ हार हो भने कोलकाताको पाँचौ जित हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest