ब्राभोले चोटका कारण आइपीएलको बाँकी सिजन गुमाउने

इन्डियन प्रिमियर लिग टिम चेन्नेई सुपर किंग्सका अलराउण्डर ड्वायन ब्राभोले चोटका कारण आइपीएलको बाँकी सिजन गुमाउने भएका छन । उनमा ग्रोइनको समस्या देखिएपछि आइपीएलबाट बाहिरीएका हुन ।

चेन्नेई टिमका प्रमुख कार्यकारी कासी भ्लास्वानाथनले ब्राभोलाई ग्रेड वन को टेयर समस्या भएको बताए । उनको दायाँ खुट्टामा ग्रोइनको समस्या भएको र उनी विहिबार स्वदेश फर्किने बताए ।

अक्टोबर १७ तारिखमा भएको दिल्लीविरुद्धको खेलमा ब्राभो चोटग्रस्त भएका थिए । सो खेलमा उनले तीन ओभरमात्र बलिङ गरेका थिए । त्यो बेला उनको एक ओभर बाँकी रहेका बेला कप्तान धोनीले रविन्द्र जडेजालाई अन्तिम ओभरमा बलिङ गराएका थिए । जसमा अक्सर पटेलले २० रन हिर्काएका थिए ।

धोनीले ब्राभो फिट नहुँदा जडेजालाई बलिङको जिम्मा दिएका थिए । त्यसपछि ब्राभोले चेन्नेईबाट राजस्थानसँगको खेल खेलेका थिएनन् । ३७ बर्षे ब्राभोले घुँडाको चोटका कारण आइपीएलको सुरुवाती खेलहरु खेलेका थिएनन् ।

उनले यो सिजनमा चेन्नेईबाट १० खेलमा ६ खेलमात्र खेलेका थिए । जसमा उनले ६ विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest