इंग्ल्याण्डले दक्षिण अफ्रिकाकाे भ्रमण गर्ने पक्का

इंग्ल्याण्डले नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकासँग तीन एकदिवसिय र तीन टी २० सिरीज खेल्ने भएको छ । कोरोनाका कारण यसअघि नै हुने भनिएको सिरिज स्थगित भएको थियो ।

तर दक्षिण अफ्रिकी सरकारले इंग्ल्याण्डसँगको सिरिजका लागि बल्ल बल्ल स्विकृती दिएको छ । इंग्ल्याण्डले दक्षिण अफ्रिकाको भ्रमण नोभम्बर १६ तारिखमा गर्नेछ । जसमा नोभेम्बर १७ बाट सिरीज सुरु हुनेछ ।

अहिलेको तालिका अनुसार इंग्ल्याण्डले नोभम्बर १६ मा इंग्ल्याण्डबाट केप टाउन प्रस्थान गर्नेछ । यस्तै नोभम्बर २१ मा ५० ओभरमा अभ्यास खेल केप टाउनमा खेल्नेछ । यस्तै नोभम्बर २३ मा इंग्लयाण्डले स्थानीय टिमसँग दुई वटा टी २० अभ्यास खेल खेल्नेछ ।

नोभेम्बर २७ तारिखमा इंग्ल्याण्ड र दक्षिण अफ्रिकाविच पहिलो टी २० खेल केप टाउनमा हुने । दोस्रो टी २० नोभेम्बर २९ मा हुनेछ भने तेस्रो खेल डिसेम्बर एक तारिखमा हुनेछ ।

यस्तै डिसेम्बर चार तारिखबाट एकदिवसिय सिरीज सुरु हनेछ । दोस्रो एकदिवसिय डिसेम्बर ६ तारिखमा हुनेछ भने नौ तारिखमा तेस्रो खेल हुनेछ । डिसेम्बर १० तारिखमा इंग्ल्याण्ड स्वदेश फर्किनेछ ।

यसअघि दक्षिण अफ्रिकाले सेप्टेम्बरको मध्यमा इंग्ल्याण्डको भ्रमण गरेको थियो । जसमा एकदिवसिय सिरीज एक एकको बराबरी भएको थियो भने टी २० सिरिज दुई एकले दक्षिण अफ्रिकाले हारेको थियो ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest