क्यानका कर्मचारीले पाए ४३ महिनापछि तलव

नेपाल क्रिकेट संघ क्यान अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको निलम्बनमा परेपछि नियमित तलव पाउन नसकेका नेपाल क्रिकेट संघ (क्यान)का कर्मचारीले पुरा तलव पाएका छन ।

पछिल्लो ४३ महिना देखि तलवविहिन बनेका क्यानका कर्मचारीको रकम दिइएको छ । जसमा धेरे तलव बुझ्ने कर्मचारीमा चार जना रहेका छन । यसमा सुमन लामा, राजेश महर्जन, उदयप्रकाश शाह, अजय पाण्डे छन । उनीहरुले कुल १२ लाख ८५ हजार रुपैयाँ तलव बुझेका छन ।

क्यान निलम्बन हुँदा कार्यरत नौ जना कर्मचारीमा केहिले अहिले छाडिसकेका छन । यस्तै आशा लामाले करिव दुई लाख ७० हजार रुपैयाँ पाएकी छिन । निरज मुनिकारले दुई लाख भन्दा बढि रुपैयाँ पाएका छन । उनी क्यान निलम्बनमा परेपछि विचमा छोडेका थिए । जसका कारण उनको सबै हिसाव मिलायर त्यति रकम क्यानले पठाएको हो ।

यसका साथै हाल अमेरीकामा रहेका क्यानका पूर्व कर्मचारी इश्वर भण्डारीले पनि दुई लाख भन्दा बढि तलव पाएका छन । त्यो बेला क्यानको सुरक्षा गार्डमा कार्यरत स्वर्गिय रामचन्द्र फुयालले पनि दुई लाख भन्दा बढि रकम पाएका छन । यस्तै त्याे बेला क्याकाे चिफ अपरेटिङ अफिसर भएर काम गरेका र हाल क्यानकाे बाेर्ड सदस्य रहेका छुम्बी लामाले चार महिनाकाे करिव एक लाख ३० हजार रूपैयाँ पाएका छन ।

क्यानले निलम्बनमा परेपछि तलवविहिन हुँदा कर्मचारी आर्थिक समस्यामा परेका थिए । पछिल्लो पटक क्यानले आइसीसीबाट प्राप्त भएकाे रकमले कर्मचारीको तलव ब्यवस्थापन गरेको हो ।

लामो समयदेखि तलव नपाउँदा पर्न आएको ऋण तिर्न ठुलो सहयोग गरेको एक कर्मचारीले बताए । दशैको मुखमा तलव आउँदा ठूलो राहत भएको ती कर्मचारीको भनाई थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest