भारतको अष्ट्रेलिया भ्रमण निश्चित

भारतको अष्ट्रेलिया भ्रमण निश्चित भएको छ । भ्रमण नोभेम्बर २ मा सिडनीमा एकदिवसीय खेलसँगै सुरु हुनेछ।

तीन एकदिवसीय श्रृंखला र तीन टी २० मैचको श्रृंखला टेस्ट श्रृंखला भन्दा पहिले हुने छ । एकदिवसीय मैच २७, २९ नोभेम्बर र २ डिसेम्बरमा हुने छ। यस्तै टी २० इन्टरनेशनल खेल ४, ६ र ८ डिसेम्बरमा हुने छ ।

दुई देश बिच ४ टेष्ट म्याच को सिरीज खेलाईने छ भने पहिलो खेल एडिलेडमा डे-नाइट हुने छ । एडिलेडमा पहिलो टेस्ट १७ डिसेम्बरमा सुरु हुनेछ। दोस्रो खेल मेलबर्नमा परम्परागत बक्सिङ डे मा हुने छ । त्यसपछि, अर्को दुई टेस्ट सिडनी र ब्रिस्बेनमा हुने छ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को चयन समितिले आगामी अष्ट्रेलिया भ्रमणका लागि सोमबार भिडियो कन्फरेन्स मार्फत विराट कोहलीको नेतृत्वमा रहेको टी २० अन्तर्राष्ट्रिय, एकदिवसीय र टेस्ट श्रृंखलाको लागि टीमको घोषणा गर्‍यो।

क्रीकेट अष्ट्रेलियाले आज बिहिबार एकदिवसीय र टी २० टोली को घोषणा गरेको छ । आरोन फिंच को नेतृत्वमा अष्ट्रेलिया टोली मा सीन एबट, एस्टन अग्र, एलेक्स क्यारी, प्याट कमिन्स, क्यामरन ग्रीन, जोश हेजलवुड, मोइसेस हेनरिक्स, मार्नस लाबुस्गेन, ग्लेन म्याक्सवेल, डेनियल शिम, केन रिचर्डसन, स्टीवन स्मिथ , मिशेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर र एडम जम्पा रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest