पाकिस्तानले पहिलो एकदिवसीयमा जिम्बावेलाई २६ रनले हरायो

घरेलु टिम पाकिस्तानले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा जिम्बावेलाई २६ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । पाकिस्तानका लागि हरिस सोहिलले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । खेल्दा इमाम उल हकए ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।

इमाद वासिम ३४ रनमा अविजित रहदा फाहिम आश्रफले २३ रन बनाए । अबिद अलीले २१ रन बनाउदा कप्तान बाबर आजमले १९ रन बनाए ।

जिम्बावेका टेण्डी चिसिरो र ब्लिसीङ मुजाराबानीले २/२ विकेट लिए । कार्ल मुम्बा र सिकन्दर राजाले १/१ विकेट लिए ।

पाकिस्तानले दिएको २ सय ८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावे ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ५५ रनमा समेटियो ।

जिम्बावेका ब्रेन्डन टेलरले १ सय १२ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै वेस्ली मेधेभेरले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्रेइग इर्भिनेले ४२ रन बनाए ।

पाकिस्तानका शहिन शाह अफ्रिदी एक्लैले ५ विकेट लिए । वाहब रियाजले ४ तथा इमाद वासिमले १ विकेट लिए । जितसँगै पाकिस्तानले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest