गेलको कीर्तिमानमा पञ्जावको बलियो लक्ष्य

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किंग्स इलाभेन पञ्जावले राजस्थान रोयल्सलाई १८६ रनको लक्ष्य दिएकाे छ। टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावका लागि क्रिस गेलको ९९ रनको मद्दतले निर्धारित ओभरमा ४ विकेट गुमाएर १८५ रन बनायो ।

गेलले आज सात छक्का प्रहार गरेसँगै टी २० क्रिकेटमा १ हजार छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाएका छन् । उनले ९९ रन बनाउँदा समग्रमा ८ छक्का प्रहार गरेका थिए । ९९ रन भएका बेला जोफ्रा आर्चरको बलमा उनी बोल्ड आउट हुन पुगे ।

पञ्जावको सुरुवात भने राम्रो हुन सकेन । खाता नै नखोली मन्दीप सिंह आउट भएपछि गेल क्रिजमा आएका थिए । गेल र कप्तान केएल राहुलले १२० रनको साझेदारी गरेका थिए । राहुल ४६ रन बनाएर आउट हुन पुगे । त्यसपछि क्रिजमा आएका निकोलस पुरनले पनि आक्रमक पारि खेले । उनले समग्रमा तीन छक्का प्रहार गरे । पुरनले पनि टी २० क्रिकेटमा २०१ छक्का बनाएका छन् ।

पुरनले १० बल फेस गर्दा २२ रन बनेको थियो । अन्तिम ओभरको २ बल बाँकी रहेका बेला चौथो विकेटको रुपमा गेल ९९ रन बनाएर आउट हुन पुगे । राजस्थानका जोफ्रा आर्चर बेन स्टोक्सले समान दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest