मुम्बई इन्डियन्सलाई दिल्लीकाे एक सय ११ रनको झिनाे लक्ष्य

इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई मात्र एक सय ११ रनको लक्ष्य दिएको छ ।

दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउँदै एक सय १० रन बनायो ।

निकै खराव सुरुवात गरेको दिल्लीले एक रन हुँदा पहिलो विकेट खेर फाल्यो । उसका ओपनर शिखर धवन खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि अर्का ओपनर पृथ्वी शा पनि १० रनमा आउट भएपछि दिल्लीले १५ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि कप्तान श्रेयस ऐयरपनि २५ रनमा आउट हुँदा दिल्लीले ५० रनमा तेस्रो विकेट गुमायो । उसका कुनैपनि खेलाडीविच दरिलो साझेदारी हुन सकेन । रिसब पन्त २१ रनमा आउट भए भने मार्कुस स्टोनीसले मात्र दुई रन बनाए ।

यस्तै सिमरन हिटमेयरले ११ रन जोड्दा हर्षल पटेल पाँच रनमा आउट भए । यस्तै रविचन्द्रन आश्विनले १२ रन बनाए भने कागिसो राबाडाले पनि १२ रनको योगदान गरे ।

बलिङमा ट्रेन्ट बोल्ट र जसप्रित बुर्माहले तीन तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest