बंगलादेश क्रिकेट बाेर्डले बंगबन्धु कप गर्ने

यो सिजनमा बंगलादेश प्रिमियर लिग नहुने भएपछि त्यसको सट्टा बंगलादेश क्रिकेट बोर्डले बंगबन्धु टी २० क्रिकेट कप गर्ने योजना अगाडी बढाएको छ ।

यसअघि बंगलादेश प्रिमियर लिगमा विदेशी खेलाडीलाई समावेश गरेर आयोजना गर्ने गरेकोमा यसपटक बंगबन्धु टी २० कपमा घरेलु खेलाडीलाई मात्र खेलाउने योजना बोर्डको छ ।

यसका लागि बंगलादेश क्रिकेट बोर्डले आफ्नो तयारी सुरु गरेको बताएको छ । प्रतियोगितामा पाँच टिमको सहभागिता हुने र यो प्रतियोगितामा लगानी गर्न चाहने कम्पनी वा विजनेश घरानाले अक्टोबर २७ तारिखबाट आफ्नो निवेदन दिन सक्ने बताएको छ ।

यो प्रतियोगिता नोभेम्बर देखि डिसेम्बरमा गर्ने योजना बीसीबीको छ । इच्छुक लगानीकर्ताले नोभेम्बर एक तारिखसम्म आफ्नो निवेदन दिइसक्नुपर्ने बताएको छ ।

बोर्डले यो प्रतियोगितामा छनोट हुनका लागि अनिवार्य फिटनेस टेष्ट पास गर्नुपर्ने बताएको छ । फिटनेस टेष्टको मिती भने ड्राफ्टको सूची तयार भएपछि हुने बताएको छ ।

प्रतियोगिताको सम्पुर्ण जानकारी टाइटल स्पोन्सर फाइनल भएपछि गर्ने बताए । कोरोनाकै विचमा बंगलादेश क्रिकेट बोर्डले दोस्रो घरेलु प्रतियोगिता गर्न लागेको हो । यो भन्दा अगाडी उसले ५० ओभरको प्रतियोगिता गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest