मुम्बईले दिल्लीलाई नौ विकेटले हरायाे

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई नौ विकेटले हराएको छ । जितसँगै मुम्बई क्वालिफायर्समा पुगेको छ भने दिल्लीले प्लेअफमा पुग्नका लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउँदै एक सय १० रन बनायो ।

निकै खराव सुरुवात गरेको दिल्लीले एक रन हुँदा पहिलो विकेट खेर फाल्यो । उसका ओपनर शिखर धवन खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि अर्का ओपनर पृथ्वी शा पनि १० रनमा आउट भएपछि दिल्लीले १५ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि कप्तान श्रेयस ऐयरपनि २५ रनमा आउट हुँदा दिल्लीले ५० रनमा तेस्रो विकेट गुमायो । उसका कुनैपनि खेलाडीविच दरिलो साझेदारी हुन सकेन । रिसब पन्त २१ रनमा आउट भए भने मार्कुस स्टोनीसले मात्र दुई रन बनाए ।

यस्तै सिमरन हिटमेयरले ११ रन जोड्दा हर्षल पटेल पाँच रनमा आउट भए । यस्तै रविचन्द्रन आश्विनले १२ रन बनाए भने कागिसो राबाडाले पनि १२ रनको योगदान गरे । बलिङमा ट्रेन्ट बोल्ट र जसप्रित बुर्माहले तीन तीन विकेट लिए ।

जवाफमा साविक विजेता मुम्बईले १४ ओभर दुई बलमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

बलियो सुरुवात गरेको मुम्बईले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेको थियो । उसका ओपन क्विन्टन डी कक २६ रनमा बाहिरीए ।

त्यसपछि इशान किशन र शुर्यकुमार यादवले टिमलाई जित दिलाए । जसमा किशनले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ७२ रन बनाए । यो जितपछि मुम्बईको १३ खेलमा १८ अंक भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest