पञ्जावले चेन्नेई सुपर किंग्सलाई एक सय ५४ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग आइपीएलमा किंग्स ११ पञ्जावले चेन्नेई सुपर किंग्सलाई एक सय ५४ रनको लक्ष्य दिएको छ ।

आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रन बनायो ।

पञ्जावका लागि लोकेश राहुलले २९ रन बनाए भने मायांक अग्रवालले २६ रनको योगदान गरे ।

यस्तै क्रिस गेल १२ रनमा आउट हुँदा निकोलस पुरन मात्र दुई रनमा पेभलियन फकिृए । यस्तै मन्दिप सिंहले १४ रनको योगदान गरे ।

उसका लागि दिपक हुँडाले अर्धशतकीय पारी खेले । जसमा उनले अविजित ६२ रन बनाए ।

बलिङमा लुङ्गि नेगिडीले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest