पाकिस्तान ६ विकेटले विजयी

जिम्बावेविरुद्धको दोस्रो एकदिवसिय खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको छ । जितसँगै उसले सिरीज आफ्नो पोल्टामा पारेको छ । यतिमात्र होइन, विश्वकप सुपर लिगमापनि लगातार दोस्रो जित निकालेको छ ।

रावलपिण्डी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४५ ओभर एक बलमा दुई सय ६ रनमा अलआउट भयो ।

जिम्बावेका लागि सेन विलियम्सले सर्वाधिक ७५ रन बनाए । यस्तै ब्रान्डर टेलरले ३६ रनको योगदान गरे ।

यस्तै ब्रायन चारीले २३ रन बनाउँदा ब्लेसिङ मुजाराबानीले १७ रन थपे ।

बलिङमा पाकिस्तानका इफ्तिखार अहमेदले पाँच विकेट लिए ।

जवाफमा पाकिस्तानले ३५ ओभर दुई बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

बलियो सुरुवात गरेको पाकिस्तानले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेको थियो ।

उसका लागि ओपनर इमाम उल हकले ४९ रन बनाए भने अबीद अलीले २२ रनको योगदान गरे ।

यस्तै हैदर अलीले २९ तथा कप्तान बाबर अजामले अविजीत ७७ रन बनाए भने इफ्तिकार अहमेदले १६ रन थपे ।

यो जितसँगै तीन खेलका सिरीजमा पाकिस्तानले दुई शुन्यको अग्रता बनाएको छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest