काेलकाताकाे प्लेअफमा पुग्ने आशा कायमै

इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइटराइटर्सले राजस्थान रोयल्र्सलाई ६० रनले हराएपछि शिर्ष चारमा पुग्ने सम्भावना अर्काकाे खेलमा भरपर्ने भएकाे छ । अब काेलकातालाई प्लेअफमा पुग्न सनराइजर्स हैदरावादले हार्नुपर्नेछ । भारी जितको आवश्यकता रहेको कोलकाताले राजस्थानलाई सुरुवातमा निकै दबावमा पारेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनायो । कोलकताका लागि मोर्गनले कप्तानी पारि खेले । समूह चरणको अन्तिम खेल ‘गर या मर’ को अवस्थामा रहेको खेलमा कोलकताले उत्कृष्ट प्रदर्शन गरेको हो ।

खराव शुरुवात गरेको कोलकताका लागि सुवमन गिल र राहुल त्रिपाठीले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुप्मा नितिश राणा खाता नै नखोली आउट भएको थिए ।

सुनिल नारेनले पनि खाता नै नखोली आउट हुँदा कोलकताको स्कोर ३–७४ रहेको थियो ।

त्यसपछि क्रिजमा आएका कप्तान इयोन मोर्गनले कोलकताको पारि सम्हालेका थिए । उनी ६८ रनमा नट आउट रहे । मोर्गनले ३५ बलमा ५ चौका र ६ छक्का प्रहार गरे ।

राहुल त्रिपाठीले ३९ रनको योगदान गर्दा दिनेश कार्तिक सून्य रनमै आउट भएका थिए । आन्द्रे रसेलले २५ रन बनाउँदा पेट कमिन १५ रनमा आउट भएका थिए ।

राजस्थानका लागि राहुल तेवटियाले तीन विकेट लिँदा कार्तिक त्यागीले २ विकेट लिए । यसैगरी जोफ्रा आर्चर र श्रीयस गोपालको नाममा एक एक विकेट रह्यो ।

जवाफमा राजस्थान २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३१ रनमा रोकियो ।

निकै खराव सुरुवात गरेको राजस्थानले ३७ रन बनाउँदा पाँच विकेट गुमाएको थियो । रविन उथप्पा ६ रनमा आउट भए भने बेन स्टोक १८ रनमा पेभेलियन फर्किए ।

यस्तै कप्तान स्टिभ स्मिथ चार रनमा पेभेलियन फर्किदा सञ्जु सामसन एक रनमा आउट भए । जोस बटलरले ३५ रन बनाए भने रायन प्रागले खाता खोल्न सकेनन् । यस्तै राहुल टवाटियाले ३१ रनको योगदान गरे । बलिङमा प्याट कमिन्सले चार विकेट लिए । याे जितपछि काेलकाता रन रेटका आधारमा शिर्ष चारमा पुगेकाे छ । अन्तिम खेलमा यदि हैदरावाद पराजित भएमा काेलकाताले प्लेअफमा स्थान बनाउने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest