जिम्बावेले पाकिस्तानलाई दियाे दुई सय ७९ रनको लक्ष्य

पाकिस्तानविरुद्धको तेस्रो एकदिवसिय खेलमा जिम्बावेले दुई सय ७९ रनको लक्ष्य दिएको छ ।

रावलपिण्डी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ७८ रन बनायो ।

खराव सुरुवात गरेको जिम्बावेको पारीलाई सिन विलियम्सले सम्हालेका थिए । उनले जिम्बावेका लागि शतकीय योगदान गरेका थिए ।

खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको जिम्बावेले चार रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि २२ रन हुँदा तेस्रो विकेट झरेको थियो ।

जिम्बावेका ब्रायन चरी नौ रनमा आउट भए भने कप्तान चमु चिबाबाले खाता खोल्न सकेनन् । यस्तै क्रेग इरभिन एक रनमा आउट भए ।

त्यसपछि ब्रान्डोन टेलरले ५६ रनको योगदान गर्दै विलियम्ससँग राम्रो साझेदारी गरेका थिए । यस्तै वेस्ले मधेभेराले ३३ रन जोडे ।

टिमका लागि बलियो प्रदर्शन गरेका विलियम्सल एक सय १८ रनको योगदान गरे । यस्तै सिकन्दर राजाले ४५ रन बनाए ।

बलिङमा पाकिस्तानका लागि डेब्यु गरेका मोहम्मद हसनेनले पाँच विकेट लिए ।

एकदिवसिय क्रिकेटमा उनी डेब्यु खेलमा नै पाँच विकेट लिने १५ औं खेलाडी बनेका छन भने पाकिस्तानका लागि पहिलो खेलाडी बनेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest