क्रिकेटकाे प्रशिक्षणका लागि परिषद्काे अनुमति

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण मंसिर १० गतेबाट सुरु गर्न राष्ट्रिय खेलकुद परिषद्ले अनुमति दिएको छ ।

परिषद्का सदस्यसचिव रमेश सिलवालले आसन्न अन्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि मंसिरको १० गतेबाट क्रिकेटको तयारी सुरु गर्न अनुमति दिएको बताएका छन ।

बंगलादेशसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टिमको विदाई कार्यक्रममा सिलवालले क्रिकेटको प्रशिक्षणका लागि पनि अनुमति दिएको बताएका हुन ।

नेपालमा कोरोनाका कारण लकडाउन भएपछि आधिकारीक रुपमा क्रिकेटको प्रशिक्षण सुरु भएको छैन । यहि विचमा नेपालले खेल्ने प्रतियोगिताहरु पनि स्थगित भएपछि क्यानले प्रशिक्षणका लागि खासै चाँसोपनि दिएको थिएन ।

यसअघि पनि परिषद्ले खेलाडीलाई ब्यक्तिगत तरिकाले प्रशिक्षण गर्न भन्दै अनुमति दिएको थियो । जसका कारण खेलाडीले आफ्नो तरिकाले कीर्तिपुर मैदानमा प्रशिक्षण गरेका थिए ।

तर पछिल्लो पटक छिटपुट खेलाडीबाहेक अरुले प्रशिक्षण गरेका थिएनन् । अब नेपालले विश्वकप क्रिकेट लिग टु अन्तर्गत खेल्नुपर्ने प्रतियोगिताको मिती नजिकिदै जाँदा क्यानले पनि तयारीका लागि पहल गरेको थियो । जसमा परिषद्ले मंसिर १० गते अर्थात तिहारपछि प्रशिक्षणका लागि अनुमति दिएको हो ।

अहिलेसम्मको तालिका अनुसार नेपालले मार्चमा ओमानमा त्रिकोणात्मक सिरीज खेल्ने तालिका छ । तर त्यो तोकेको समयमा हुन्छ हुँदैन एकिन भने छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest