पहिलाे पटक फाइनलमा पुग्ने लक्ष्यमा दिल्ली

मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स जारी सिजन आईपीएलको सुरुदेखि नै बलियो टोलीका रुपमा देखिएका थिए । दुवै टिमसँग उत्कृष्ट सुरुआती ११, राम्रो बेन्च स्ट्रेन्थ तथा प्रमुख खेलाडीका लागि पर्याप्त ब्याकअप थियो ।

जवकि मुम्बई इन्डियन्सले पूरा लिग चरणमा साविक विजेताकै हैसियदको प्रदर्शन गर्यो । सही समयमा सही लय भेट्न नसक्दा दिल्ली भने लिग चरणको मध्यतिर लडखडाएको थियो ।

अब यी दुई टिम पुनः आमनेसामने हुँदैछन् । पहिलो क्वालिफायरको रुपमा दुवई इन्टरनेसनल रंगशालामा आज साँझ यिनीहरुको प्रतिस्पर्धा हुँदैछ । विजयी टोली सिधै फाइनलमा पुग्नेछ ।

पराजित हुने टोलीले फाइनलमा पुग्नका लागि अर्को अवसर पाउनेछ । रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबादबीच हुने इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउनेछ । तर कुनै पनि टिम यो मार्गबाट जान चाहँदैन ।

सायद यसै कारण रोहित शर्माले ह्यामस्ट्रिङ चोटबाट फर्किएर अन्तिम लिग खेलमा प्रमुख खेलाडीको रुपमा प्रदर्शन गरे । भलै मुम्बई कठिन स्थितिमा थिएन ।

दवुै टिममा ब्याटिङ युनिटको तुलनामा बलरहरु प्रभावशाली देखिन्छन् । पछिल्लो लयलाई आधार मानेर भन्ने हो भने मुम्बईको हात थोरै माथि देखिन्छ । विशेष गरी दिल्लीले प्रतियोगिताको दोस्रो चरणमा शिखर धवनमाथि अधिक भरोसा गरिरहेको छ ।

मुम्बईसँग प्लेअफका लागि राम्रो नतिजाको बिगत पनि छ । चारपल्टको विजेता मुम्बईले पछिल्लो ५प्लेअफ खेलमा जित हासिल गरेको छ ।

अर्कोतर्फ दिल्लीले ६ पल्ट प्लेअफ वा सेमिफाइनल खेलेकोमा एकपल्टमात्र जित हासिल गरेको छ । उनीहरु अहिलेसम्म फाइनलमा पुग्न सकेका छैनन् ।

बिगतको प्रदर्शन र अहिलेको टिमको लयका आधारमा पनि बिहीबारको खेलमा मुम्बई नै जितको मुख्य दावेदार मान्न सकिन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest