रासिद खानले ‘द हन्ड्रेड’ खेल्ने पक्का

इंग्ल्याण्ड क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि फेरी टिमले आफ्ना खेलाडीलाई अनुबन्ध गर्ने क्रम सुरु भएको छ । यस्तैमा अफगानिस्तानी खेलाडी रासिद खानलाई ट्रेन्ट रकेट्सले भित्र्याएको छ । उनीसँगै एलेक्स हल्सलाई पनि रकेट्सले टिममा लिएको छ ।

२०२० मा नै हुने भनिएको सो प्रतियोगिता कोरोनाका कारण अन्तिम समयमा स्थगित भएको थियो । पहिलो संस्करणका रुपमा रहेको यो प्रतियोगिताका लागि अघिल्लो बर्ष भएको ड्राफ्टमा सबै खेलाडी खरिद गरिएका थिए । तर स्थगित भएपछि सबैको सम्झौता रद्द भएको थियो । अब नयाँ सिजनका लागि फेरी टिमले खेलाडी अनुबन्ध गर्न सुरु गरेका छन ।

यस्तैमा रासिदलाई सकेट्सले भित्र्याएको छ । हाल आइपीएल खेलिरहेका रासिद खानले यो सिजनमा अहिलेसम्म १९ विकेट लिएका छन ।
यहि प्रतियोगिताका लागि नेपाली खेलाडी सन्दिप लामिछानेलाई ओभल इन्भिनसिभल्सलले एक लाख पाउण्डमा त्यो बेला खरिद गरेको थियो ।

तर प्रतियोगिता स्थगित भएपछि फेरी सोहि टिमले उनलाई रिटेन गर्छ की गर्दैन भन्ने एकिन छैन । अहिले टिमको आधिकारीक वेबसाईटमा खेलाडीको सूचीमा दुई खेलाडीमात्र छन । जसमा यसअघि खरिद गरिएका साम कुरान र रोरे बुर्नस छन ।

तर सन्दिप र सुनील नरायनको नाम भने राखिएको छैन । यसको अर्थ अब सन्दिपले यो प्रतियोगिता खेल्नका लागि फेरी टिमले उनलाई अनुबन्ध गर्नुपर्ने हुन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest