मुम्बईले दिल्लीलाई दियाे २०१ रनकाे लक्ष्य

इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्र्सलाई २०१ रनको लक्ष्य दिएको छ ।

दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २०० रन बनायो ।

राम्रो सुरुवात गर्न नसकेको मुम्बईले १६ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ७८ रनमा दोस्रो विकेट गुमाएको मुम्बईले एक सय रन बनाउँदा तीन विकेट खेर फाल्यो । त्यसपछि उसले स्कोरबोर्डमा अरु ४० रन थप्दा अरु दुई विकेट गुमायो ।

उसका लागि ओपनर क्विन्टन डी ककले ४० रनको योगदान गरे भने रोहित शर्माले खाता खोल्न नै सकेनन् । शुर्यकुमार यादवले ५१ रनको योगदान गरे । उनले ३८ बलमा छ चौका र दुई छक्का प्रहार गरे ।

त्यसपछि कायरन पोलार्डले खाता खोल्न सकेनन् भने कुर्नाल पाण्ड्याले १३ रन बनाए ।

यस्तै इशान किसनले ५५ रनको योगदान गरे भने हार्दिक पाण्ड्याले विस्फोटक ३७ रन बनाए । बलिङमा रविचन्द्रन आश्विनले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest