इन्डियन प्रिमियर लिगको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई जितका लागि १ सय ३२ रनको लक्ष्य दिएको छ ।
शेख जायद क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनायो ।
बैंगलोरका लागि एबी डी भिलियर्सले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै आरोन फिन्चले ३२ रन जोड्दा शिबम दुबेले ८ रन जोडे ।
कप्तान विराट कोहली ६ रनमा आउट भए । हैदराबादका जासन होल्डरले ३ विकेट लिए । टि नटराजनले २ तथा शाहबाज नादिमले १ विकेट लिए ।
Discussion about this post