सच्चियाे राष्ट्रिय क्रिकेट टिमका खेलाडीकाे बर्गिकरण

नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण सच्याएको छ ।

परिमार्जन भएको वर्गीकरणमा बलर सोमपाल कामी ‘ए’ श्रेणीमा राखिएको छ । यस अघि उनी ‘बी’ मा थिए । यस्तै ‘सी’ मा रहेका अविनास बोहरालाई ‘बी’ मा राखिएको छ । यस अघि कन्ट्रयाक्टमा नपरेका ललित नारायण राजवंशीलाई ‘बी’ र सन्दीप जोहरालाई ‘सी’ मा राखिएको छ । महिलातर्फ सरस्वती चौधरीलाई ‘बी’ तथा ममता चौधरी र सुमन खतिवडालाई ‘सी’ श्रेणीमा राखिएको छ ।

यस अघि गत असोज ६ गते चितवनको भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण तयार गरेको थियो ।

नयाँ वर्गीकरण अनुसार पुरुषतर्फ २० र महिलातर्फ २२ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा परेका छन् ।

क्यानले यस पटकको कन्ट्रयाक्ट सम्झौता ६ महिनाको हुने जनाएको छ । सम्झौता २०२० को जनवरी १ बाट लागु भएको जनाएको छ ।

त्यस्तै क्यानले मङ्सिर १० गतेबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पनि गर्ने निर्णय गरेको छ । गत फाल्गुनमा ट्वान्टी ट्वान्टी एसिया कप छनोट खेले पछि नेपाली टोलीले कोरोना कारण कुनै पनि प्रतियोगिता खेलेको छैन भने व्यक्तिगत रुपमा भने नियमित अभ्यास गरे पनि सँगै भने गरेका छैनन् ।

त्यस्तै क्यानले यस अघि आफ्ना बोर्ड सदस्यलाई कोरोना संक्रमण भएको कारण स्थगित गरेको बार्षिक साधारणसभा मङ्सिर तीन गते गर्ने निर्णय पनि गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest