जिम्बावेले पाकिस्तानलाई दियाे १५७ रनकाे लक्ष्य

पाकिस्तानविरुद्धको पहिलो टी २० खेलमा जिम्बावेले एक सय ५७ रनको लक्ष्य दिएको छ ।

रावलपिण्डी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५६ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको जिम्बावेले पाँच रनमा पहिलो विकेट गुमायो । उसका कप्तान चिभाभाले खाता खोल्न पाएनन् ।

त्यसपछि ३४ रनमा दोस्रो विकेट गुमाएको जिम्बावेले ७० रनमा तेस्रो विकेट खेर फाल्यो । यस्तै ८७ रनमा चौथो विकेट गुमाउँदा जिम्बावेले एक सय २२ रनमा पाँचौ विकेट झर्यो ।

जिम्बावेका लागि ब्रान्डन टेलरले २० रन बनाए भने सियन विलियम्सले २५ रनको योगदान गरे । यस्तै सिकन्दर राजा सात रनमा आउट हुँदा रायन बुर्लले मात्र आठ रन बनाए ।

जिम्बावेका लागि वेस्ले मधेभेराले अविजित ७० रन बनाए । जसमा उनले ४८ बलमा नौ चौका र एक छक्का प्रहार गरे । यस्तै चिकम्बुराले २१ रनको योगदान गरे ।

बलिङमा हरिस रउफले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest