पाकिस्तानले जिम्बावेबाट पायाे १३५ रनकाे लक्ष्य

पाकिस्तानविरुद्धको दोस्रो टी २० खेलमा जिम्बावेले पाकिस्तानलाई एक सय ३५ रनको लक्ष्य दिएको छ ।

रावलपिण्डी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको जिम्बावेले पाँच रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि ३० रन बनाउँदा दोस्रो विकेट गुमाएको जिम्बावेले ३८ रनमा तेस्रो तथा ६५ रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि ६६ रनमा पाँचौं विकेट गुमाएको जिम्बावले एक सय २० रन बनाउँदा सात विकेट खेर फाल्यो ।

उसका लागि ब्रान्डन टेलरले तीन रन बनाए भने कप्तान चामु चिभाभाले १५ रनको योगदान गरे । यस्तै सियन विलियम्सले १३ रन बनाउँदा वेस्ले मधेभिराले २४ रनको योगदान गरे ।

यस्तै सिकन्दर राजा सात रनमा पेभेलियन फर्किदा इल्टोन चिगम्बुराले १८ रनको योगदान गरे । साथै डोनाल्ड तिरीपानोले १५ रन जोडे । यस्तै रायन बर्लले ३२ रनकाे याेगदान गरे । बलिङमा पाकिस्तानका लागि हरिस रउफ र उस्मन कादिरले तीन तीन विकेट लिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest