पाकिस्तान ८ विकेटले विजयी

जिम्बावेसँगको तीन टी २० खेलको सिरिज पाकिस्तानले आफ्नो पक्षमा पारेको छ । पाकिस्तानले दोस्रो खेलमा आठ विकेटको जित निकाल्दै तीन खेलको सिरिज पक्का गरेको हो ।

रावलपिण्डी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको जिम्बावेले पाँच रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि ३० रन बनाउँदा दोस्रो विकेट गुमाएको जिम्बावेले ३८ रनमा तेस्रो तथा ६५ रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि ६६ रनमा पाँचौं विकेट गुमाएको जिम्बावले एक सय २० रन बनाउँदा सात विकेट खेर फाल्यो ।

उसका लागि ब्रान्डन टेलरले तीन रन बनाए भने कप्तान चामु चिभाभाले १५ रनको योगदान गरे । यस्तै सियन विलियम्सले १३ रन बनाउँदा वेस्ले मधेभिराले २४ रनको योगदान गरे ।

यस्तै सिकन्दर राजा सात रनमा पेभेलियन फर्किदा इल्टोन चिगम्बुराले १८ रनको योगदान गरे । साथै डोनाल्ड तिरीपानोले १५ रन जोडे । यस्तै रायन बर्लले ३२ रनकाे याेगदान गरे । बलिङमा पाकिस्तानका लागि हरिस रउफ र उस्मन कादिरले तीन तीन विकेट लिए ।

जवाफमा पाकिस्तानले १५ ओभर एक बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

पाकिस्तानको जितमा कप्तान बाबर अजामले ५१ रन बनाए भने हैदर अलीले रनको योगदान गरे ।

१० रनमा पहिलो विकेट गुमाएको पाकिस्तानले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेको थियो । उसका लागि बाबर अजाम र हैदर अलीले शतकीय साझेदारी गरे । जसमा अजामले २८ बलमा ५१ रन बनाए । अलीले ६६ रन बनाए । उनले  ४३ बलमा ६ चाैका र तीन छक्का प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest