आईपीएलको फाइनलमा दिल्ली क्यापिटल्स टस जितेर पहिला ब्याटिङमा

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाइनलमा दिल्ली क्यापिटल्सले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

आईपीएलको उपाधिका लागि दिल्लीले मुम्बईसँग प्रतिस्पर्धा गर्दै छ । आजको खेलमा मुम्बईको टिममा राहुल चाहरको स्थानमा जयन्त यादव सुरुवाती ११ मा परेका छन ।

दिल्लीमा भने कुनै परिवर्तन गरिएको छैन । यो सिजनमा नेपाली खेलाडी सन्दिप लामिछाने बेन्चमा नै बसेर फर्किने भएका छन ।

मुम्बई पाँचौं उपाधि जित्ने लक्ष्यमा छ भने दिल्ली पहिलो पटक फाइनलमा पुगेको टिम हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest