पाँचाै पटक मुम्बई आइपीएलकाे च्याम्पियन

इन्डियन प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।

फाइनलमा दिल्ली क्यापिटल्र्सलाई ५ विकेटले हराउँदै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक यो प्रतियोगिताको उपाधि जितेको छ । मुम्बईले पछिल्ला पाँच संस्करणमा तेस्रो पटक आइपीएलको उपाधि जितेको हो ।

दुबई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५६ रन बनायो । निकै खराव सुरुवात गरेको दिल्लीले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका ओपन मार्कुस स्टोनीस शुन्य रनमा नै आउट भए ।

त्यसपछि अजिन्क्या राहाणेपनि दुई रनमा पेभेलियन फर्किएपछि दिल्लीले १६ रनमा दोस्रो विकेट गुमायो । लगत्तै शिखर धवन आउट हुँदा दिल्लीको पारी संकटमा परेको थियो । त्यो बेला दिल्लीको स्कोरबोर्डमा मात्र २२ रन थियो । शिखर १५ रनमा आउट भए ।

दिल्लीको पारीलाई कप्तान श्रेयस ऐयर र रिसब पन्तले सम्हाल्ने प्रयास गरेका थिए । चौथो विकेटका लागि उनीहरुले ९६ रनको साझेदारी गरेका थिए । तर रिसव ५६ रनमा आउट भएपछि दिल्लीले एक सय १८ रनमा चौथो विकेट गुमायो । उनले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

तर त्यसपछि दिल्लीले अरु तीन विकेट सस्तैमा गुमायो । उसका सिमरन हिटमेयर पाँच रनमा आउट भए भने अक्सर पटेल नौ र कागिसो राबाडाले खाता खोल्न सकेनन् ।

दिल्लीका लागि कप्तान श्रेयस ऐयरले अविजीत ६५ रन बनाए । उनले ५० बलमा छ चौका र दुई छक्का प्रहा गरे । बलिङमा ट्रेन्ट बोल्टले तीन तथा नाथन कल्टर नेलले दुई विकेट लिए ।

जवाफमा रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

राम्रो सुरुवात गरेको मुम्बईले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेको थियो । उसका ओपन क्विन्टन डी कक २० रनमा आउट भए ।

त्यसपछि शुर्यकुमार यादव १९ रनमा आउटभएपछि मुम्बईले ९० रनमा दोस्रो विकेट गुमायो । मुम्बईका जितमा कप्तान रोहित शर्माले कप्तानी पारी खेले । उनले ५१ बलमा ६८ रन बनाए । जसमा पाँच चौका र चार छक्का प्रहार गरे ।

यस्तै कायरन पाेलार्डले ९ रन बनाए भने इशान किशनले अविजीत ३३ रन बनाए । दिल्ली पहिलाे पटक फाइनलमा पुगेर हारेकाे हाे । यता मुम्बईले फाइनलमा छ पटक पुग्दा पाँच पटक उपाधि जित्न सफल भयाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest