मुख्य प्रशिक्षककाे चयन मङ्सिरकाे दाेस्राे सातामा हुने

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको छिनोफानो मंसिरको दोस्रो साता गर्ने भएको छ । यसका लागि आवेदनको सर्टलिष्टमा परेका १२ जनाको अन्तरवार्ता गरेको छ ।

क्यानले शनिबार भर्चुअल माध्यमबाट सर्टलिष्टमा परेका १२ जनाको अन्तरवार्ता लिएको जानकारी दिएको छ । उक्त दिन विहान १० बजे देखि दिउसो ३ बजेसम्म सबै १२ जनाको अन्तरवार्ता लिइएको थियो ।

मुख्य प्रशिक्षकका लागि कुल ७२ जनाले आवदेन दिएकोमा पहिलो चरणमा २५ जनालाई छनोट गरेको थियो । त्यो सूचीलाई क्यानले आइसीसीलाई पठाएको थियो । त्यसपछि आइसीसीले १२ जनाको दोस्रो चरणको सूची बनाएको थियो । जसलाई क्यानले अन्तरवार्ता गरेको हो ।

क्यानबाट अध्यक्ष चतुरबहादुर चन्द, सचिव अशोकनाथ प्याकुरेल र कोषाध्यक्ष रोशन सिंह अन्तरवार्तामा बसेका थिए । अब क्यानले आइसीसीको सहयोगमा मंसिरको दोस्रो साता मुख्य प्रशिक्षकको चयन गर्ने भएको छ ।

यसका साथै क्यानले क्रिकेट म्यानेजरका लागि पनि अन्तरवार्ता सम्पन्न गरेको छ । क्रिकेट म्यानेजरका लागि पूर्व कप्तान तथा प्रशिक्षक विनोद दास प्रबल दावेदार देखिएका छन । यो पोष्टका लागि विनोदको सबै मापदण्ड मिलेको र अन्तरवार्तापनि राम्रो भएको बताइएको छ ।

मुख्य प्रशिक्षकका लागि विभिन्न देशबाट प्रशिक्षकहरुले आवेदन दिएका थिए । जसमा सर्टलिष्टमा पूर्व प्रशिक्षक पुबुुदु दशानायक भारतका चेतन शर्मा, अस्ट्रेलियाका डेव ह्वाटमोर, दक्षिण अफ्रिकाका लान्स क्लुसनर र नेपालका शेरबहादुर ९सुनील० लामालगायतका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest